आमा–छोरी मिलेर होटलमा यौनधन्दा, यसरी खुल्यो पोल

Posted on: 17 Jul, 2019

साउन १, वीरगञ्ज । बाराको पथलैयाबाट अघिल्लो बुधबार १७ वर्षीया किशोरी बेपत्ता भइन् । किशोरी बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय, सिमराले अनुसन्धान थाल्यो । अनुसन्धानको क्रममा किशोरी अल्पाइन अस्पतालको बेडमा भेटिइन् । 

चिकित्सकहरुको सल्लाह बमोजिम किशोरीलाई अल्पाइन अस्पतालबाट रिफर गरेर थप उपचारका लागि नारायणी अस्पताल लगियो । नारायणी अस्पतालमा उनको होस खुल्यो र किशोरीले दिएको बयानको आधारमा उनिमाथि जबरजस्तीकरणी भएको रहस्य खुल्यो । उनले भने अनुसार उनलाई जीतपुर सिमरा उपमहानगर–१, पथलैयास्थित होटल संगालो एण्ड गेष्ट हाउसमा जर्बजस्ती करणी भएको पोल खुल्यो ।

किशोरीलाई २२ गते असारको दिन बिहान सिमराकी २१ वर्षीया सीनाराय कुर्मीले ललाइफकाई होटल संगालो एण्ड गेष्ट हाउसमा पुर्याएकी थिइन् । जुन होटल आमा–छोरी मिलेर सञ्चालन गरेका थिए ।

पीडितको बयानअनुसार किशोरीलाई आर्थिक प्रलोभन देखाएर नशालु पेय पदार्थ खुवाइएको थियो । त्यसपछि ढोका थुनेर किशोरीलाई एक कोठामा राखियो । भोलिपल्ट साँझ केही युवाहरुले किशोरीलाई जबरजस्ती करणी गरेको किशोरीले बताएकी छन् । किशोरीलाई ललाई फकाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएको खुलेको प्रहरीले अनुसन्धान बाट पत्ता लगाएको छ । आर्थिक लाभसँगै कपडा र मोबाइल किनिदिने प्रलोभनमा परेर किशोरीलाई होटलसम्म पुर्याईएको अनुसन्धान अधिकृतहरुले बताएका छन् । 

स्वास्थ्य परीक्षणपछि किशोरीसंग शारीरिक सम्बन्ध राखिएको पुष्टि भएको प्रहरीले जनाएको छ । पीडितको आमाले किटानी जाहेरी दिएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा होटल सञ्चालिका आमाछोरी पूर्णिमा राय र सीनाराय कुर्मीसहित करणीमा संलग्न विशालकुमार गुप्ता छन् । 

अनुसन्धानमा खटिएका अधिकारीहरुको अनुसार कानुनतः १८ वर्ष पूरा नभएकासँग सहमतीमै सम्बन्ध भएपनि जबरजस्तीकरणी मानिन्छ । पक्राउ परेका आमा–छोरीले आफ्नो कसूर स्वीकारिसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!