रेखा थापालाई भेट्न ७ गाउँ नै उर्लिएपछी...(भिडियोसहित)

Posted on: 25 May, 2018

जेठ ११ काठमाण्डौ | नेपाली सिनेमा नगरीको एक मात्र न्युज मेकर कुईंन नायिका रेखा थापाको निर्देशकीय सिनेमा "मालिका" को लगभग ५० प्रतिशत छायांकन सकिएको छ । 

बिहिबार बाँकेको कोहलपुरको  भित्रि गाउँ दाउनमा नायिका रेखा थापालाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा आउने हल्ला सुनेपछि आशापसका ७  गाउका ५०० भन्दा बढी जनमानस सुटिंग हेर्न आईपुगेका थिए । नायिका रेखा थापा जब गाउंमा पुगिन उनको सुरक्षाको लागी प्रहरी उपरीक्षक सहित १६  जना प्रहरी नै परिचालन गर्नु परेको थियो ।  

नायिका रेखा थापालाई भेट्न के बालक के बृध्दा सबैको उपस्थिति रहेको थियो । 

त्यस्तै नायिका थापाले उपस्थित गाउलेहरुसंग दोहोरो अन्तरक्रिया पनि गरेकी थिईन । हाल छायांकनमा रहेको सिनेमा मालिकामा रेखा थापा सहित नव कलाकार कमला ओली , किशोर खतिवडा ,घनश्याम गिरि , किरण थापा लगायतकाको अभिनय रहेको छ । सिनेमामा रामशरण उप्रेतीको सिनेमाटोग्राफी ,रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको दोन्द रहेको छ । सिनेमा लाई रेखा थापा प्रोडक्सनको ब्यानरमा निर्माता सरस्वति थापा र कार्यकारी निर्माता  नर कार्की रहेका छन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!