चैनपुरमा खानेपानी समस्या, उपभोक्ता समितिको लापरवाही

Posted on: 08 Apr, 2021

टेकेन्द्र बोहरा । चैत २६, बझाङ । बझाङको सदरमुकाम चैनपुरमा उपभोक्ता समितिका लापरबाहीका कारण  खानेपानीको समस्या भएको छ । विगत एकहप्ता देखि सदरमुकाम चैनपुरमा खानेपानीको अभाव भएपनि समितिले कुनै चाँसो नदिदा उपभोक्ता मारमा परेका हुन ।

खानेपानीको समस्या हुदा नजिकै रहेको सेती नदि र वाहुलीगाड खोलाको दुसित पानी खानुपर्ने वाध्यता आएको सदरमुकाम चैनपुरमा वस्दै आएकी सुर्मा गाँउपालिका कि स्थानीय सुर्जकला बिहराले बताउनुभयो  ।

खानेपानी धारामा नआउँदा पढाइमा पनि असर पुगेको जयपृथ्वी वहुमुखी क्याम्पसमा अध्यनरत सीता बोराले बताए।

बोहराले भने, 'बजारमा खानेपानी नै आउंदैन खानेपानी खानकोलागि वाहुलि गाड जानुपर्छ ।' कहिलेकाही पानी अाईहाले भने दस लिटर पनि भरिदैन खानेपानीका कारण पढाइ असर पर्न  थालेकाे बताए ।

तर यता चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लाेकेन्द विष्टले सडक बनाउने काम भएकाले कहिले नअाउने गरेको स्विकार्दै चाडाे भन्दा चाडाे मर्मतका लागि मान्छे खटाउदै अाएकाे बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!