वडा सदस्य प्रहरी हिरासतमा

Posted on: 22 Mar, 2020

चैत ९, बाजुरा | जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा  महिलालाई जबर्जस्ती करणी गरेको उभियोगमा प्रहरी हिरासतमा पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयले उहाँलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ । 

 सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताउनुभयो । प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ । 

ती पीडित महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!