बाजुरामा जंगली बदेलको आक्रमणबाट ७ जना घाइते

Posted on: 10 Feb, 2020

माघ २७, बाजुरा | बाजुरामा जंगली बदेँलको आक्रमणबाट ७ जना घाइते भएका छन् | घाइते हुनेमा ५० वर्षीय जगत विश्वकर्मा,४० वर्षीय पूर्ण विक ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेका छन् |

गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका सात जनालाई जंगली जनावर बदेलले आक्रमण गर्दा घाइते भएको प्रहरीले जनाउको छ | यस्तै घाइते मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ |

उनको हातमा चोटलागेको छ। यस्तै पुर्ण विक र डबल रोकायाको हात खुट्टा र ढाडमा चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस्तै घाइतेमध्ये चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फर्काइएको बाजुरा प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!