बाजुरामा ४२ परिवार पहिरोको उच्च जोखिममा, गाउँनै त्रसित

Posted on: 09 Aug, 2019

साउन २४, बाजुरा  | बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँको पुरै बस्ति नै पहिरोको जोखिममा परेको छ | गाउँमा रहेका ४२ परिवार जोखिममा रहेको गाँउपालिकाले जानकारी दिएको छ | पुरै बस्तीको  बिच भागमा पहिरो आएपछि पानी परेको बेला घरबाट निस्केर अन्य स्थानमा जाने गरेको स्थानियले बताएका छन् | 

अरु ठाँउमा गएर बस्नको लागि शुरक्षित कुनै  नभएको र निकै त्रास पुर्ण वातावरणमा बस्नु परेको स्थानीयले वताएका छन् | केही दिन पहिले गौमुल गाउँपालिका–६ बसाला शान्ति टोलमा पहिरोका कारण आमा छोरीको मृत्यु भएको थियो।

सोही गाउँपालिकामा भएको घटना सेलाउँन नपाउँदै गाउँमाथिबाट पहिरो बग्न थालेपछि स्थानीय  त्रसित बनेका छन् । गौमुल गाउँपालिकाका उपाध्यक्ष थापा सहितको टोली पहिरोको अवस्था बुझ्न विकट गाउँ अन्द्राडी नै पुगेको छ । 

पहिरोको अवस्था र तत्काल गर्न सकिने व्यवस्थापनका बारेमा बुझन् उनीहरु गाउँ पुगेका हुन् । बर्षाले बाजुराका अन्य दर्जनौ बस्ति पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!