बाजुराको बुढीगंगा नगरपालिकाको कार्यालयमा आगलागी

Posted on: 12 Mar, 2020

फागुन २९, बाजुरा | बाजुराको बुढीगंगा नगरपालिकाको कार्यालयमा बुधबार साँझ आगलागी भएको छ । आगलागीबाट नगरपालिकाको कागजात र फर्निचर सामग्रीहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

आगोबाट कृषि, स्वास्थ्य शाखा,प्रधानमन्त्री रोजगार शाखामा रहेका सम्पूर्ण कागजात,फर्निचर र उपकरणहरु नष्ट भएको मेयर दिपक शाहले जानकारी दिए |

विद्यूत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीयवासीको तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!