जयपृथ्वी राजमार्ग जोड्ने झनाना मोटरेवलपुल निर्माण कार्य अन्तिम चरणमा

Posted on: 04 Apr, 2021

टेकेन्द्र बोहरा । चैत २२, बझाङ । बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने झनाना मोटरेवलपुल  निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शर्मा बिकोई जेभि निर्माण कम्पनीकाका अनुसार मोटररेवलपुल निर्माणको काम लगभग  ९० प्रतिशत काम पूरा भइसकेको र १० प्रतिशत काम  वाकि रहेको बताएका छन । 

झनाना मोटरेवलपुल निर्माण कम्पनीका ठेकेदार नवराज थापाले भन्नुभयो १ सय १ मिटर लम्वाई रहेको झनाना मोटरेवल पुलको पिलर निर्माण सम्पन्न भइ ट्रस समेत बनिसकेको र त्यसमाथि सल्याप र रेलिङ निर्माणको काम मात्र काम बाकी रहेको बताएका छन ।

निर्माण कम्पनीले पुल  निर्मार्ण सम्झौता अधि नै सक्ने लक्ष्य राखेको भएतापनी  कोरोना संक्रमणका कारण कामदार र निर्माण सामाग्री अभावका कारण समयमा पुल सम्पन्न गर्न ढिलाइ भएको जनाएको छ । करिब ९ करोडको लागतमा निर्माण भइरहेको उक्त मोटरेवल पुलको निर्माण कार्य २०७४ माघबाट सुरु भएको थियो ।

सेती नदि वारिपारिको भूभाग जोड्ने झनाना मोटरेवल पुल पानकोट मोटरेवल तमैल मोटरेवल पुल मध्य पानकोट मोटरेवल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने अन्य पुलहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!