बझाङमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

Posted on: 13 Dec, 2020

मंसिर २८, बझाङ | बझाङमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। जिल्लाको तल्कोट गाउँपालिका–३ को किरकिट्यमा शनिबार दिउँसो २ बजे बा३क ६०० नम्बरको नागार्जुन कष्ट्रक्सनको टिपर दुर्घटनामा परेको हो |

दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन्। 

घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। टिप्पर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!