बझाङमा मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि दुई शिक्षकले गरे बलात्कार

Posted on: 06 Mar, 2020

फागुन २३, बझाङ | बझाङको दुर्गाथली गाउँपालिका–४ मा पर्ने भैरव माविमा कार्यरत दुई जना  शिक्षकले एक मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि बलात्कार गरेका छन् | बलात्कारमा परेकी ति किशोरीको पेटमा ७ महिनाको अबैध गर्भ रहेको छ |

शिक्षकहरू वसन्त ओली र  शिवराज जोशीले ती  किशोरीलाई  ललाइफकाई  पटकपटक  यौनशोषण  गरेपछि किशोरीको पेटमा अहिले सात महिनाको गर्भ रहेको जानकारी भएपछि कानुनी उपचारका लागि आफन्तले  प्रहरी, मानव अधिकार कर्मीलाई गुहार्न अहिले सदरमुकाम आएका छन् |

मानसिक रोगि बहिनीको कानुनी उपचारका लागि सदरमुकाम आएका पीडित किशोरीका दाइ उपेन्द्र रेग्मीले‚थानीय गाउँकै नाता लाग्ने शिक्षकहरूबाट यस्तो घृणित कार्य भएको जानकारी पाएपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको जानकारी दिएका छन् |

राम्ररी बोल्न नसक्ने ती  किशोरीले गाउँका शिक्षक शिवराज जोशी र वसन्त ओलीले आफूलाई गएको जेठ महिनादेखि पटकपटक यौनशोषण गर्दै आएको बताएकी छिन् | शिक्षक जोशी पीडित किशोरीका हाडनाता पर्ने दाइ हुन, भने शिक्षक ओली छिमेकी गाउँका दाइ पर्ने मान्छे हुन | अभियुक्त दुवै शिक्षक फरार छन | 

प्रहरी  नायब उपरीक्षक गणेश बमले जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको बताएका छन् | उनका अनुसार अभियुक्तको  खोजी  कार्य भइरहेको छ | पीडित किशोरीलाई सदरमुकाम चैनपुरमा रहेको महिला सुरक्षित आवासगृहमा राखिएको छ | उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!