बझाङबाट सेनाको हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार

Posted on: 27 Dec, 2019

सम्राट सिंह | पुष ११, बझाङ | नेपाली सेनाको हेलीकोप्टर मार्फत सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका ४ की ३६ बर्षिया कविता दर्जीको हेलीकोप्टर मार्फत उद्धार गरिएको हो । जिल्ला अस्पतालमा दर्जीको शल्यक्रिया मार्फत बच्चा निकालिएको जनाएको छ । 


दुई दिन अघि नै शल्यक्रिया गरेर बच्चा निकाल्न भनेका थियौ जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले भने उनका आफन्तहरुले समयमा नै शल्यक्रिया गर्न नमानेको र अन्तिम चरणमा बच्चा नै उल्टो भएर हात निश्किएपछि शल्यक्रिया गरेको हो । 

शल्यक्रिया पश्चात लगातार रगत बग्न थालेपछि हेलिकोप्टर मार्फत उनलाई नेपालगञ्ज रिफर गरिएको उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!