बझांङ्गको बुङ्गलमा रुखबाट खसेर एक महिलाको मृत्यु

Posted on: 27 Nov, 2019

सुनिल कुँवर | मंसिर ११, काठमाडौँ | बुधबार बिहान बझांङ्गको बुङ्गलमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ |

बुङ्गल नगरपालिका ५ मिडि घर भएकी शुरेश कुँवरकि पत्नी २२ बर्षिय कमला कुँवरको बिहान १० बजे मृत्यु भएको हो | घर नजिकै रहेको रुखमा डाला काट्नेक्रममा रुखको हागा भाच्चिएपछि घटना स्थलमै उनको मृत्यु भएको रेडियो सेरोफेरोका पत्रकार सुरेश कुँवरले जानकारी दिए |

उनको तिन बर्षिय एक छोरा छ | श्रीमान् भने रोजगारीको सिलसिलामा बिदेशमा रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!