प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट निर्माण कार्यमा खर्च

Posted on: 10 Jun, 2019

सम्राट सिंह | जेठ २७, बझाङ | जिल्लाका बेरोजगार युवाहरुलाई रोजगार दिने उद्घेश्यले सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको अधिकांश बजेट विकास निर्माणमा प्रयोग भएको छ । 

बेरोजगार युवाहरुलाई गाउँ–गाउँमा रोजगार दिने उध्यश्यले सरकारले स्थानिय तहमा पठाएको बजेट विकास निर्माणका योजनामा प्रयोग भएको हो ।

जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा गरी १२ स्थानिय तहमा बेरोजगार युवाहरुलाई रोजगार दिने उध्यस्यले सरकारले पठाएको बजेट शौचालय निर्माण, सडक निर्माण, सिंचाई कुलो निर्माण, विद्यालयको खेलमैदान निर्माण, लगायतका विकास निर्माणका योजनामा बनाई रकम निकासा गर्ने गरेको पाइएको छ । 

जिल्लाको थलारा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको ४१ लाख बजेटले खोली बजार प्रबेश सडक निर्माण, वडा नम्बर ९ को कार्यालय जाने सडक निर्माण,सिचाई कुलो मर्मत,भुमेश्वरी प्राविको खेलमैदान निर्माण,र ४ वटा विद्यालयलाई शौचालय निर्माण गरेको छ । 

जिल्लाको जयपृथ्वी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ४७ लाख बजेट आएको छ । नगरपालिकाले प्रत्येक वडामा ४ लाखका दरले रकम बितरण गर्ने कार्यपालिकाको निर्णय भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष केश बहादुर रोकायाले बताए । उक्त कार्यक्रम अन्र्तगत आफ्नो वडामा आएको बजेट सडक निर्माण गर्ने, विद्यालय, खानेपानी लगायतका ठाउँमा खर्च गर्ने उनको भनाइ छ । 

जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट ढिलो आएकाले केहि स्थानिय तहमा रकम खर्च गरेको छैन । जिल्लाका स्थानिय तहमा ३० देखि ५० लाख सम्म रकम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रकम आएको छ । 

जिल्लाको दुर्गाथली गाउँपालिकामा प्रधानमन्त्री  रोजगार कार्यक्रमको बजेट  ३४ लाख छ त्यहाँपनि विकास निर्माणका योजना बनाई रकम खर्च गर्ने निर्णय भएकोले खानेपानी, सडक लगायतका योजना बनाई खर्च गर्ने दुर्गाथली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मिलन जाग्रीले बताए । उनले भने “प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडामा ४ लाख ३८ हजार बजेटले वडा भित्रका ३०/४० जना युवाहरुलाई परिचालन गरी खानेपानी योजना निर्माण गर्न थालेको छु । ”

यस बिषयमा तपाइको प्रतिक्रिया...!