खाद्य संस्थान बझाङको चामल विक्रि भएन

Posted on: 22 Feb, 2019

टेकेन्द्र बोहरा | फागुन १०, बझाङ | बझाङको साईपाल गाँउपालीका २६, पाथीभेरे र बुगलनगरपालीकाको केही भागमा खाद्यान्नको अभाव भईरहेको बेला जिल्ला खाद्य संस्थानको गोदाममा भने चालम बिक्रि नभएर सड्न थालेको छ ।

खाद्य सस्थानको चामल भन्दा पसलको चामल सस्तो र राम्रो पाइने भएपछि संस्थानको चामल बिक्री नभएको खाध्य सस्थान बझाङका निमित्त साखा प्रमुख इस्वरी दत्त पान्डेले बताए ।

पान्डेका अनुसार कहिले काही फाट्ट फुट्ट मात्र जयपृथ्वीनगरपालीका भित्रका ग्रामिण भेगका स्थानिय बासीन्दाहरु मात्र आउने गरेको बताए ।

सस्थानमा अहिले मोटो अरुवा मोटो चामलको मूल्यप्रति केजी ४३ रुपैया बङ्गाली चामलको प्रतिकेजी ३० रुपैयामा बिक्रिबितरण गर्दै भईरहेको छ ।

खाध्य सस्थानको चामल जिल्लामा बिक्रि नभएपछी एक सय कुन्डल चामल दार्चुला पठाएको खाध्य सस्थान बझाङका निमित्त कार्यालय प्रमुख पान्डेले बताए ।

खाध्य सस्थान बझाङमा गत आर्थिक वर्ष देखी अहिलेसम्म एक सय बाह्र कुईन्टल चामल मात्र बिक्रिभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!