जीपको ठक्करबाट बालकको मृत्यु, चालक फरार

Posted on: 16 Feb, 2019

सम्राट सिंह | फागुन ४, बझाङ | जीपको ठक्कर बाट दश बर्षिया बालकको मृत्यु भएको छ । 

शुक्रबार बेलुका सदरमुकाम चैनपुर बाट तल्कोट गाँउपालिका जाँदै गरेको से १ ज ६६४० नम्बरको जीपको ठक्कर बाट तल्कोट गाँउपालिका वडा नम्बर २ किथ्थु कुवरका दश बर्षिय छोरा महेश कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीप चालक नरेश बोहरा फरार रहेको जनाएको छ । 

चालकको लाईसेन्स समेत नभएको बुझएिको तल्कोट गाँउपालीका वडा नम्बर २ का वडा अध्यक्ष अक्कल बहादुर कुवरले बताउनु भयो । वडा अध्यक्ष कुवरका अनुसार आफुले जीप तोडफोड हुन बाट रोकेको बताए । घटना पछि चैनपुर ताक्लाकोट सडक खण्ड स्थानिय बासिन्दाले बन्द गरेका छन् । लास सडक बाट उठाएका छैनन् । 

घटना स्थलमा प्रहरी परिचालन गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!