प्राविधिक शिक्षामा पैशाको चलखेल भएको भन्दै सँयुक्त विध्यार्थि सँगठनको ज्ञापनपत्र

Posted on: 05 Aug, 2018

टेकेन्द्र बोहरा | साउन २०, बझाङ | प्राविधिक शिक्षा तर्फ पौशाको चलखेल भएको भन्दै आईतवार सँयुक्त बिध्याथि सँगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

 जिल्लामा रहेको जालपा माध्यामिक बिध्यालय देवलमा कृषि तथा भेटेनरी समुहमा प्रवेश परीक्षाका साथै बिगतमा  बिध्यार्थि भर्ना प्रकृयामा देखीएको र अनियमितता गरेको भन्दै सँयुक्त रुपमा विध्यार्थि नेता तथा अनेरास्वभियु क्रान्तिारीका जिल्ला अध्यक्ष रामचन्द्र रोकाया,अनेरास्ववियुका जिल्ला सचिव प्रविन धामिको नेतृत्वमा बझाएको हो । 

विध्याथिको टोलिले बुझायको ज्ञापनपत्रमा निसपक्ष, मर्यादित, र क्षमतावान बिध्यार्थिहरुलाई बिध्यालयमा ल्याउनहुन अनुरोध पनी गरेको छ ।

सँयुत्त बिध्यार्थि सँङ्गठनहरुले बुझाएकोे ज्ञापन पत्र  बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमसिहँ कुवरले बिध्यार्थिह नेताहरुकोे मागलाई पुरा गरीछाड्ने बताउनुभएको छ । 

ज्ञापनपत्रमा भनिएको छ,समावेसि तथा आरक्षणका हकमा सोहि समुहविच प्रतिस्पर्धा गरीयोस,बिध्यार्थीहरुवाट उठाईने सुल्कमा गरीएको वृद्धि तरुन्त घटाईयोस,बिध्यार्थीहरुलाई पुस्तकालय प्रयोगसाला र प्रतियोगितात्मक फिल्ड कृषि तथा पसुपालन क्षेत्रको प्रयाप्त ब्यावस्था गरीयोस,प्रवेस परीक्षा स्वच्छ तथा निसपक्ष लिईयोस भन्दै ज्ञापन पत्र बुझाएको भनी अनेरास्ववियुका जिल्ला सदस्य दिपक बोहाराले बताएका छन ।

बिध्यालय समितीले विध्यार्थिहरुवाट महङगो सुल्क असुलेको र प्राविधिक शिक्षा तर्फ छात्रवृत्ति कोटा खोलेको भएता पनि विज्ञापनमा नटासेको र छात्रवृत्ति कोटामा ३ जनाको मात्र निवेदन परेकोमा बिध्यालयमा चलखेल भएको  आरेप लगाएका छन ।

यदी बिध्यालयमा कुनै पैसाको चलखेलभए ज्ञापन पत्रमा भनिएका कुराहरु लागु नगरे आफुहरु कडा आन्दोलनमा उत्रिने विध्यार्थिको बिध्यार्थी नेताहरुको भनाइ रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!