‘मिटर बक्स’ नहुँदा बझाङबासी अन्धकारमा बस्न बाध्य

Posted on: 17 Dec, 2018

टेकेन्द्र बोहरा | पुष २, बझाङ | नेपाल बिद्युत् प्राधिकरण बितरण शाखा बझाङमा मिटर बक्स नहुँदा सेवाग्राही मर्कामा परेका छन ।

 जिल्लामा राष्ट्रिय प्रशारण लाईन जडान भएको एक महिना बितिसक्दा पनि प्राधिकरणका कर्मचारीको ढिलासुस्तीका कारण ‘मिटर बक्स’ बितरण नहुँदा सेवाग्राही मारमा परेका हुन् ।

राष्ट्रिय प्रशारण लाईन जडान भएको एक महिना बढी बितेपनि ‘मिटर बक्स’ नहँदा  अन्धकारमा बस्न बाध्य भएको सुर्मा गाँउपालीका–४ का लालबहादुर बोहराले बताए । 


बझाङ राष्ट्रिय प्रशारण लाईनमा जोडिएपछि बत्तिको सुविधामा बसेका नागरिक ‘मिटर बक्स’ जडा नहुँदा निकै चिन्तीत बनेका छन् ।

बझाङ जिल्लाको छबिस पाथीभेरा गाउँपालिकाका स्थानीय रबिन बिकले भने, ‘अब त सुखका दिन आए भनेर मख्ख थियौं ।

 तर, हालत त्यस्तै छ । छिटो ‘मिटर बक्स’ जडान गरिए राहत हुन्थ्यो ।’ ‘मिटर बक्स’ का लागि विद्युत्को कार्यालयमा जाँदा भोलि आउँछ भन्दै फर्काउने गरेको जिल्लाबासीको गुनासो छ ।

बिद्युत प्राधिकरण बझाङ बितरण शाखामा हालसम्म ७० जनाले नयाँ ‘मिटर बक्स’ को लिनका लागि निवेदन दर्ता गराएका छन । 

‘मिटर बक्स’ वितरणमा किन ढिलासुस्ती भनेर प्राधिकरण बितरण साखाका बझाङ प्रमुख राकेश भट्टलाई प्रश्न गर्दा– उनले भने, ‘एक हप्ता भित्र  धनगढीवाट मिटर बक्स  झिकाएर वितरण गरीने बताएका छन।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!