सनराईज बैंकका कर्मचारीको लापरबाही, सेवाग्राही मर्कामा

Posted on: 14 Mar, 2021

टेकेन्द्र बोहरा । चैत १, बझाङ । सनराईज बैँक बझाङका कर्मचारीको लापरबाही कारण सेवाग्राही मर्कामा परेका छन । सदरमुकाम चैनपुरमा रहेको सनराई वैङमा आफुले खाता खोलेको भएपनि कर्मचारीका आनाकानि कारण आफुले पाउने सेवा सुविधा नपाएकोे गुनासो बढ्दै गएका छन ।

जयपृथ्वी नगरपालिका वडा न ८ का स्थानिय राम वोहराले अन्य बैंकमा सरकारी भिडभाड हुने गरेका कारण आफुले निजी लगानीमा सञ्चालनमा रहेको सनराईज बैँकमा खाता खोलेको दुई महिना वित्न लाग्दा समेत आफुले पाँउनुपर्ने चेकवुक नपाएको र एटीएम कार्ड विग्रेका कारण पटक पटक  बैँकमा जाँदा कर्मचारीहरुले आज हुदैन भोलि आउ भन्दै टार्ने गरेको बताए । 

त्सस्तै उनी मात्रै होईनन जयपृथ्वी नगरपालिका वडा नँ ७ की  स्थानिय दुतकला वोहराले भनिन् आफुले कमाएको पैसाको वचत गर्ने सोचले खाता उत्त बैँकमा खाता खोले चेकवुक पटक पटक माग्दा जाँदा  नदिएको बताए । 

वोहराले भने हामी गाँउवाट वजार आउदाँ प्रतेक पटक आठ नौ सय खर्च हुन्छ चेक वुक लिनकै लागी कती दिन बजार पुग्नुपर्ने हो चेकवुक नदिदा समस्या भएको बताए । बैँकका कर्मचारी एटीएम कार्ड लैजानुहोस भन्छन अनपढ मान्छे एटिएम कार्डले के गर्नु चेकवुक नपाउदा खातावाट जम्मा रकम निकाल्न पनी नपाएको बताए । 

त्यस्तै अर्को एक स्थानीय भने राष्ट्र बैँकले प्रतेक वित्तीय क वर्गका वैङहरुलाई  १० देखी १५ लाख वरावरको विना धितो ऋण दिनुपर्ने राष्ट्र वैङकले निर्देन दिएता पनी आप्ना नजिकका र हुने खाने मान्छेले मात्र पाउने गरेको वताए ।

तर सनराईज बैँक बझाङ साखा प्रमुख नवराज मिश्रले भने विना धितो ऋण माग्नेहरुको प्रकृया नपुगेको हुन सक्ने र चेकवुक र एटीएमका लागी कडा सुरक्षा भएका कारण नदिएको हुन सक्ने  बताए । 

तर जिल्ला विभिन्न स्थानहरुहरुमा निजि लगानीका बैँकहरुका साखाहरु सञ्चालन भएतापनि सुरुको अवस्थामा सेवाग्राहीहरुका लागि खाता लागि आग्रह गर्ने गरको र खाता खोलिसकेपछी बैँकवाट पाँउनुपर्ने सेवासुविधा  नपाउने जनगुनासो सेवाग्राहीले गर्ने गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!