बैतडी जिल्ला प्रशासन भन्छ, बैतडीमा छाउगोठ नै छैन्

Posted on: 27 Jan, 2020

माघ १३, बैतडी | जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा छाउगोठ नरहेको जनाएको छ। गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन दिएपश्चात प्रशासनले तयार पारेको रिपोर्टमा छाउगोठ नरहेको पाइएको हो। प्रशासन कार्यालयले प्रहरी युनिट, स्थानीय तह र सरोकारवालासँगको छलफलबाट छाउगोठ नरहेको पाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। 

निर्देनशनपश्चात छाउगोठ रहेनरहेका बारे तथ्याङ्क सङ्कलन गर्न सबै स्थानीय तह र सबै प्रहरी युनिटलाई पत्राचार गरिएको थियो। जिल्लामा छाउगोठ नरहेको भए पनि महिनावारी भएका बेला अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेको छ। यसका साथै महिनावारीका बेला दूध दहीसमेत खान नहुने कुप्रथा छ।

किशोरीले पनि महिनावारीका बेला विद्यालय नजाने र मन्दिर प्रवेशसमेत गर्न नहुने अन्धविश्वास रहेको छ।  महिनावारी भएका बेला चार दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दूध दही खान नदिने गरेको डिलाशैनीका अमिता बोहराको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!