बैतडीमा कर्मचारी नहुँदा वडा कार्यालय, कार्यालय सहयोगीको भरमा

Posted on: 14 Aug, 2019

साउन २९, बैतडी  |  जनप्रतिनिधी निर्वाचित भएरको दुई वर्ष सम्म पनि बैतडीका स्थानीय तहमा कर्मचारी  पदपूर्ती नहुँदा कामकाज प्रभावित भएको छ। स्थानीय तहमा कायम भएको दरबन्दी अनुसारका कर्मचारी पूर्ती नहुँदा कार्य सम्पादनमा समस्या भएको हो ।

नौँ वटा वडा रहेको सिगास गाउँपालिकाका छ जना प्राविधिक सहायकलाई वडा सचिवको जिम्मेवारी दिएर काम कामकाज चलाईरहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। वडा कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित भएको सिगास गाउँपालिका एक वडाका अध्यक्ष रामबहादुर बिष्टले बताए। यस्तै मेलौली नगरपालिकाका वडामा सचिव नहुँदा कामकाजमा समस्या भएको नगरपालिकाका नायव सुब्बा प्रेम बिष्टले जानकारी दिए। शिवनाथ गाउँपालिकाका छ वडा मध्ये तीन मात्रै सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत धुव्र दयालले जानकारी दिए।

जिल्लाका सबैजसो पालिका र वडामा कर्मचारीको अभाव रहेको छ। समायोजनका कारण स्थानीय तहबाट भएका कर्मचारी पनि सरुवा भएका छन् भने स्थानीय तहमा कर्मचारी आएका छैनन्। कर्मचारीको अभावले धेरै जसो वडा कार्यालय कार्यालय सहयोगीले चलाईरहेका छन्। जिल्लाका १० वटै  स्थानीय तहका वडाहरुमा कर्मचारीको अभाव रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!