महाकाली सेती यतायात समितीद्धारा चालक तथा सहचालकको वर्ग खुल्ने मिनी ड्रेस वितरण

Posted on: 23 Apr, 2019

कृष्ण बिष्ट । बैशाख १०, बैतडी । शुदूरपश्चिम प्रदेश तथा देशै भरी यतायात सञ्लालाई फराकीलो बनाउदै लगेको महाकाली सेती यतायात समितीले चालकका लागि वर्ग खुल्ने पोसाक (मिनी डे«स) बितरण गरेको छ ।  चालक, सहचालक र हेल्परको लागि महाकाली सती यतायातले मिनी डे«सको ब्यावस्था गरेको हो । यतायात क्षेत्रलाई यात्रु मैत्री बनाउनको लागि पोसाकको ब्यावस्था गरीएको महाकाली सेती यतायात ब्यवासयी समितिका अध्यक्ष डम्मर राज पन्तले जानकारी दिनुभयो । 


यात्रुहरुले सहजै रुपमा सावारी चालक तथा सहचालक र हेल्परलाई सहजै चिन्न सकुन भन्ने हेतुले पनि यो अवधारण ल्याएको नेपाल यतायात ब्यवसयी राष्ट्रिय महासंघका सह कोसाध्यक्ष समेत रहनुभएका पन्तले बताउनुभयो । समितीले प्रदान गरेको मिनि ड्रेसमा सस्थाको नाम तथा बर्ग तोकीएको छ । जसका कारणले यात्रहरुले चालक तथा सहचालकलाई सहजै चिन्न सक्ने छन । 

महाकाली यतायात समिती स्थापना कालदेखि अनवरत रुपमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । दशै भरी र भारतका देहरादुन लगायत अन्य क्षेत्रमा समेत रुट प्रमिट प्राप्त समिती हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!