करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

Posted on: 19 Feb, 2019

फागुन ७, बैतडी (रासस) | करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो । 

बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताउनुभयो । प्रहरीको टोली घटनास्थल पुगेको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!