बैतडीमा ४ सय २२ वटा बिद्यालयका बिद्यार्थीहरुलाई दैनिक खाजा भत्ता दिइने

Posted on: 08 Jun, 2019

कृष्ण बिष्ट | जेठ २५, बैतडी | बैतडीमा खाद्य सुरक्षा कार्यक्रम लागु भएका सामुदायिक बिद्यालयमा अब दैनिक खाजा भत्ता उपलब्ध गराइने भएको छ । हाल खाद्य सुरक्षा कार्यक्रम लागु भइरहेका सामुदायिक बिद्यालयहरुका छात्रछात्राहरुलाई दैनिक १५ रुपैयाका दरले खाजा भत्ता उपलब्ध गराइने भएको हो । 

बिद्यालयमै खाजाको ब्यवस्था सञ्चालनमा रहेका ४ सय २२ वटा सामुदायिक बिद्यालयहरुमा दैनिक खाजाको सट्टा १५ रुपैया प्रति बिद्यार्थी उपलब्ध गराइने भएको शिक्षा बिकास तथा समन्वय इकाई बैतडीले जनाएको छ । जिल्लामा ३ सय १८ प्राथमिक  र १ सय ४ आधारभुत बिद्यालयहरुमा दैनिक खाद्य कार्यक्रम लागु भइरहेको छ । 

अब यि ४ सय २२ वटै सामुदायिक बिद्यालयहमा अध्यान गर्ने बिद्यार्थीहरुलाई महिनाको २० दिनको दैनिक १५ रुपैयाका दरले खाजा भत्ता उपलब्ध गराइने शिक्षा बिकास तथा समन्वय इकाइ बैतडीका प्राबिधिक पुस्कर सर्माले जानकारी दिनुभयो । यस कार्यक्रममा करी ६९ हजार बालबालिका समाकित हुने भएका छन । यो कार्यक्रम साउन १ गते देखि लागु हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!