बैतडीको प्रशासन कार्यालयमा स्तनपान कक्ष

Posted on: 28 Feb, 2020

फागुन १६, बैतडी | बैतडीको प्रशासन कार्यालयमा स्तनपान कक्ष सञ्चालन गरिएको छ |  महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै बच्चासहित कार्यालयमा सेवा लिन आउने महिलाहरुका लागि सुरक्षित स्तनपान कक्षको निर्माण गरिएको कार्यालयले जनाएको छ |

कार्यालयलाई महिलामैत्री बनाउने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन् | 

उक्त कक्ष ३ लाखको लागतमा स्थापना गरिएको जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!