बैतडीमा झुलाघाट नाका भएर आउने पर्यटकलाई निःशुल्क खाना र बस्न व्यवस्था

Posted on: 01 Jan, 2020

पुस १६, बैतडी | बैतडीमा घुम्न आउने पर्यटकलाई निःशुल्क खान र बस्न व्यवस्थागर्ने निर्णय गरिएको छ | नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पश्चिम नेपालको झुलाघाटबाट नाकाबाट नेपाल घुम्न आउने विदेशी पर्यटकलाई बैतडीका होटल व्यवसायीले नयाँ वर्षको पहिलो दिन निःशुल्क खाना र बास दिने निर्णय गरेका हुन् |

बैतडी घुम्न आउने पर्यटकलाई प्यारा ग्लाईडिङमा उडाएर बैतडीको टिपिकल खाना बटुक, माणा, मकैको रोटी र छाँच (मोही), बैतडीको चाकासहितको अर्गा्निक मह खुवाउँने कार्यक्रम रहेको उद्योग बाणिज्य संघ बैतडीले जनाएको छ |

जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ बैतडीको अगुवाईमा नयाँ वर्ष २०२० को पहिलो दिन बुधबार झुलाघाट नाकामा पर्यटकलाई नेपाली ढाका टोपी, माला र खादा ओढाउने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए |

भ्रमणका लागि बैतडीको त्रिपुरासुन्दरी, एसियाकै लामो दाबी गरिएको पातालभूमेश्वर गुफा र तलाउ मुख्य आकर्षण रहेका छन् | बैतडीबाट अपी शैपाल हिमालको दृश्यावलोकन गर्न सकिन्छ | पश्चिम नेपालको पुरानो चल्तीको नाका झुलाघाट भएर नेपाल घुम्न आउने विदेशी पर्यटकलाई नयाँ वर्षको उपलक्षमा पहिलो निःशुल्क खाना निःशुल्क खाना र बासको व्यवस्था मिलाईएको उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए |

प्रशासनको आग्रहमा विशेष पर्यटकलाई विशेष छुट दिन उद्योग बाणिज्य संघलाई अनुरोध आएकोमा होटल व्यावसायिले पहिलोदिन पर्यटकलाई खान र बस्न निःशुल्क व्यवस्था मिलाएइएको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!