बैतडीको पाटनमा एनआईसी एशिया बैंकको नयाँ शाखा

Posted on: 12 Sep, 2019

भदौ २६, काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा सञ्चालनमा आएको हो ।

बैंकले सञ्चालनमा ल्याएको पाटन शाखाको उद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरे ।

पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।


बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!