बैतडी समाचार: सुन्य युनिट वडा बिद्युतिकरण हुँदै

Posted on: 05 Jul, 2019

कृष्ण बिष्ट | असार २०, बैतडी | पाटन नरगपालिकाको शुन्य युनिट वडाको रुपमा रहेको वडा नं ९ पुर्ण बिद्युतिकरणको अन्तीम चरणमा पुगेको छ । वडाका आधा भन्दा बढि टोलहरुमा बिद्युत सेवा पुगे सँगै वडा नं ९ पुर्ण बिद्युतीकरणको अन्तीम चरणमा पुगेको हो ।

वडा कार्यालयका अनुसार ३ टोलहरुमा मात्रै बिद्युतिकरण हुन बाकी रहेको छ । भट्याडी, हुक्केडाडा र टकरे टोलमा मात्रै बिद्युतिकरण हुन बाकी रहेको वडा अध्यक्ष लोकेन्द्र भन्डारीले जानकारी दिनुभयो । अन्य बाकी रहेका टोलहरमा पनि पोलहरु गाड्ने काम सम्पन्न भएको  र तार अभावको कामले मात्रै केहि ढिलाइ भएको जनाइएको छ । 


संघिय संरचना अनुसार पाटन नगरपालिका वडा नं ९ स्थापना भए पछि कुनै सरकारी कार्यालय स्थापना नभएको (सुन्य युनिट) वडा अहिले बिद्युतिकरण सँगै सडक सञ्जालले पुर्णता पाउन लागेको वडा अध्यक्ष भन्डारीले बताउनुभयो । 

नागरीकहरुको मुख्य समस्याको रुपमा रहेको स्वास्थ्य समस्यालाई पहिलो प्राथमिकतामा राखेर वडा पालिकाले स्वास्थ्य चौकी स्थापना गरी सेवा प्रवाह भइरहेको छ । 

वडा कार्यालयको पहिलो बैठकबाटै निर्बाचित अध्यक्ष तथा सदस्यहरुले गज्यालो वडा बनाउने घोषणा गरे अनुरुप बिद्युतिकरण कार्यक्रमलाई निरन्तरता दिइएको जनाइएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!