बैतडी जिल्ला: कुन स्थानीय तहलाई कति बजेट ? (सूची सहित)

Posted on: 03 Jun, 2019

जेठ २०, बैतडी । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।

७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघले प्रदेश र स्थानीय तहलाई बजेट छुट्टयाएको हो । 

सरकारले ६ महानगरपाालिकाको लागि ७ अर्ब ७५ करोड रुपैयाँ बजेट छुट्टयाएको छ । त्यस्तै ११ उपमहानगरपालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाउने छन्  । २७६ नगरपालिकाले ९५ अर्ब २८ करोड र ४६० गाउँपालिकाले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाउने छन् ।

बैतडी जिल्ला: कुन स्थानीय तहलाई कति बजेट ? 

दशरथचन्द नगरपालिका

वित्तीय समानीकरण: 1197 (लाखमा) 

ससर्त अनुदान: 2746 (लाखमा) 

कुल बजेट: 3943 (लाखमा) 

पाटन नगरपालिका

वित्तीय समानीकरण: 1103 (लाखमा) 

ससर्त अनुदान: 2447 (लाखमा) 

कुल बजेट: 3550 (लाखमा) 

मेलौली नगरपालिका 

वित्तीय समानीकरण: 939 (लाखमा) 

ससर्त अनुदान: 1935 (लाखमा) 

कुल बजेट: 2874 (लाखमा) 

पुर्चौडी नगरपालिका

वित्तीय समानीकरण: 1234 (लाखमा) 

ससर्त अनुदान: 2489 (लाखमा) 

कुल बजेट: 3723 (लाखमा) 

सुर्नया गाउँपालिका

वित्तीय समानीकरण: 793 (लाखमा) 

ससर्त अनुदान: 1495 (लाखमा) 

कुल बजेट: 2288 (लाखमा) 

सिगास गाउँपालिका 

वित्तीय समानीकरण: 887 (लाखमा) 

ससर्त अनुदान: 1705 (लाखमा) 

कुल बजेट: 2592 (लाखमा) 

शिवनाथ गाउँपालिका 

वित्तीय समानीकरण: 765 (लाखमा) 

ससर्त अनुदान: 1313 (लाखमा) 

कुल बजेट: 2078 (लाखमा) 

पञ्चेश्वर गाउँपालिका 

वित्तीय समानीकरण: 805 (लाखमा) 

ससर्त अनुदान: 1722 (लाखमा) 

कुल बजेट: 2527 (लाखमा) 

दोगडाकेदार गाउँपालिका 

वित्तीय समानीकरण: 957 (लाखमा) 

ससर्त अनुदान: 1876 (लाखमा) 

कुल बजेट: 2833 (लाखमा) 

डीलासैनी गाउँपालिका

वित्तीय समानीकरण: 915 (लाखमा) 

ससर्त अनुदान: 1663 (लाखमा) 

कुल बजेट: 2578 (लाखमा) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!