बैतडीका विभिन्न स्थानमा असिनाले धानबाली नष्ट

Posted on: 11 Oct, 2019

असोज २४, बैतडी | बैतडीका विभिन्न स्थानमा असिनाले धानबाली नष्ट गर्दा किसान चिन्तित बनेका छन् । हिजो राति असिनासहितको पानीले सिगास गाउँपालिका–९ को करीब दुई सय रोपनीमा लगाएको धानबाली असिनाले नष्ट गरेको छ । 

भित्र्याउने समय भएको धानबाली नष्ट हुँदा भोकमरी हुने चिन्ता बढेको किसानहरुले बताएका छन् ।  बेँसी क्षेत्रमा मुख्य खाद्यबालीको रुपमा रहेको धानबाली नष्ट हुँदा सो क्षेत्रका किसान चिन्तित बनेको सिगास गाउँपालिका–९ का टेक विश्वकर्माले बताउनुभयो । 

यस्तै केही दिनअघि परेको असिनाले दशरथचन्द नगरपालिका–१ कलौनमा पनि धानबाली नष्ट गरेको स्थानीयवासी अम्बादत्त बडूले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!