पौडेल पक्ष कांग्रेस जिल्ला समापति भेला,सुदूरपश्चिमबाट देउवा इतरका को-को छन् ?

Posted on: 06 Jan, 2020

पुस २१, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आफु निकट जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय सानेपामा बोलाएका छन् | असन्तुष्ट पक्ष पौडेल समुहले देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै बिरोध जनाएका छन् |

पौडेल समुहले देउवालाई दबाब दिनका लागि जिल्ला सभापतिहरुको भेला बोलाएका हुन् | ७७ जिल्ला मध्ये देउवा निकट ३५ र इतरका ४२ जना सभापति रहेका छन् | सुदूरपश्चिममा पौडेल, सिटौला समूहका जिल्ला सभापतिहरुको सङख्या तीन मात्रै छन् | दार्चुलाका सभापति ललित सिंह बोहोरा, देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण बहादुर र बैतडीका सभापति नरेन्द्र थापा असन्तुष्ट कांग्रेस जिल्ला समापति भेलामा सहभागी हुनेछन् |

बहुमतका आधारमा सभापति शेरबहादुर देउवाले  पुस ११ गते  १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाउदै आएका छन् | पौडेल पक्षले मंसिर २६ देखि केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्दै आएका छन् | पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला,बरिष्ठ नेता रामचन्द्र पौडेल देउवाले केन्द्रीय समितिबाट एकलौटी रुपमा गरेको निर्णय सच्याउन माग गर्दै दबाब दिइरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!