बैतडीमा मतदाता परिचयपत्र वितरण शुरु, कुन कुन स्थानबाट पाइन्छ ?

Posted on: 28 Nov, 2019

मंसिर १२, बैतडी | मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा  मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ | बैतडीका तीनवटा वडामा उपनिर्वाचन हुदै छ | दोगडाकेदार गाउँपालिका वडा नम्बर ४, सुर्नया गाउँपालिका वडा  नम्बर १ र पुर्चौडी नगरपालिका वडा नम्बर ४ मा उपनिर्वाचन हुन् लागेको हो |

तोकिएका मतदानस्थलबाट आज र भोलि दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए | दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल तोकिएको छ | त्यस्तै सुर्नया गाउँपालिका वडा नम्बर १ को साविकको गाविस भवन गुर्केलीलाई मतदानस्थल तोकिएको छ | भने पुर्चौडी नगरपालिका वडा नम्बर ४ को महादेव मावि सिवाबो र पहरौल मावि बाङ्गालाई मतदानस्थल तोकिएको छ |

२०७४ मा आफ्नो मतदाता परिचयपत्र लैजान छुटेका तथा यही वर्षको साउन १६ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको परिचयपत्र वितरण भइरहेको हो।मतदानमा सहभागी हुन अनिवार्य रहेकाले आ–आफ्नो मतदाता परिचयपत्र लिन हुन जिल्ला निर्वाचन कार्यालय बैतडीले सबैमा अनुरोध गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!