मुसिकोट नगरपालिकाको वडा नं. २ मा पहिरोको वितन्डा, ५१ घर जोखिममा, दर्जनवढि विस्थापित

Posted on: 04 Jul, 2020

कमल पौडेल | असार २०, वामीटक्सार | विहिवार रातिको भिषण वर्षाले ठाउँठाउँमा पहिरो जाँदा ग्रामिण सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् भने दर्जनौ घरहरु जोखिममा परेका छन् । मुसिकोट नगरपालिका वडा नं. २ को अधिकांश क्षेत्रमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

हाँडिखोला क्षेत्रको पहिरोमा बेपत्ता भागिरथ घिमिरेको अवस्था अझै अज्ञात रहेको छ भने वडा नं. २ को विभिन्न क्षेत्रहरुमा पहिरोका कारण जनजिवन अस्तव्यस्त भएको छ । बाँचपाटा, बुढाथोक, पात्लाकोट, दुलुङ, ढुँगेपोखरी, बोक्सीओडार, खस्थोक अमराई, आरुपाटा, बतासेडाँडा, चित्रुङ, सारुटोला, भर्जुवा, पास्ती लगाएतका दर्जनौ क्षेत्रमा पहिरो खसेको छ वडा नं. २ मा मात्रै ५१ ओटा घरहरु जोखिममा परेका छन् । 


हाँडिखोलामा २ ओटो भट्टी पुरेको छ भने ९ ओटा बंगाला, ४ ओटा गोठ र एउटा कुखुरा फर्ममा पूर्ण क्षेती भएको छ । पहिरोले विस्तापित भएका वडा सदस्य गोविन्द नेपाली सहितका १४ परिवारलाई नजिकैका विद्यालय तथा सुरक्षीत घरमा राखिएको र बाँकी घर परिवारलाई छिमेकिले आश्रय दिएका वडा सदस्य वावुराम खत्रिले जानकारी दिनुभएको छ । 


वडा नं. २ मा मात्रै ११ भैंसि, १४ बाख्रा पुरिएका वडा कार्यालयका महेन्द्र घिमिरेले जानकारी दिनुभएको छ । हिँजो (शुक्रवार) देखि उद्धारमा प्रहरी, जनप्रतिनिधि, स्थानिय सहित खटिएका खटिएका छन् । सनिवार सवै तथ्यांक संकलन गर्ने र आइतवार राहत वितरण गर्ने तयारी नगरपालिकाले गरेको छ । यद्यपी रेडक्रस मार्फत अत्यावश्यक स्थानहरुमा त्रिपाल सहित केहि राहत सामाग्रि शुक्रवार र सनिवार पनि वितरण गरिने स्रोतले जनाएको छ। 


उता वडा नं. १ मा मुख्य वाहेक सवै शाखा सडक अवरुद्ध भएका छन्। आरुचौर जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ। यता वडा नं. ७ मा पर्ने खर्वाङ वामीटक्सार सडक अन्तरगत पल्टारमा अवरुद्ध सडक सुचारु भएको छ। विद्युत, संचार सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने अधिकाशं ठाउँमा खानेपानी समेत अवरुद्ध भएको छ। 

फोटोः मुसिकोटको विभिन्न क्षेत्रमा गएको पहिरो 

यस बिषयमा तपाइको प्रतिक्रिया...!