भारतबाट आएका व्यक्तिमा शंकास्पद लक्षण देखिएपछि आइसोलेसनमा भर्ना

Posted on: 27 May, 2020

जेठ १४, बागलुङ | कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आउनुभएका बागलुङ नगरपालिका–१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि हिजै साँझ आइसोलेसनमा भर्ना गरिएको हो ।

जिल्ला भित्रिएपछि उहाँ बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्नुभएको थियो । “ज्वरो देखिएको छ, अवस्था स्थिर छ, धेरै आत्तिनुपर्ने छैन”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भन्नुभयो । मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना जाँचका लागि स्वाबको नमूना सङ्कलन गरिएको र आजै पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइने उहाँको भनाइ छ । 

जाँचको रिपोर्ट बिहीबारसम्म आइपुग्ने जनाइएको छ । प्रयोगशालामा चाप बढेकाले रिपोर्ट आउन समय लाग्ने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!