बर्थिङ सेन्टर सञ्चालनमा

Posted on: 08 Jun, 2019


जेठ २५ , बाग्लुङ |बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ को पालामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकारको बहुवर्षे कार्यक्रमअन्तर्गत रु एक करोड ६२ लाखको लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो । भवन सम्पन्न भएर उपचार सेवा पनि सञ्चालनमा आएपछि शुक्रबार गाउँपालिका अध्यक्ष अमर थापाले भवनको उद्घाटन गर्नुभयोे । उहाँले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्यचौकी भवन उपयोगी भएको बताउनुभयो । 

नियमित स्वास्थ्यकर्मी बस्नुपर्ने भएकाले वडा तहबाट आवास व्यवस्थापन र स्वास्थ्यचौकीसम्म सहज सडक निर्माणका लागि रु पाँच लाख लगानी गरिएको वडाध्यक्ष खड्ग थापाले बताउनुभयो । “गाउँमै सहज स्वास्थ्य सेवा सञ्चालनका लागि पूर्वाधार मात्र भएर पुग्दैन, सामग्री पनि चाहिन्छ भनेर हामीले सहयोग गरेका हौँ”, थापाले भन्नुभयोे, “स्वास्थ्यकर्मीलाई गाउँमै बस्ने र रमाउने वातावरण दिन पनि हामीले सहयोग गरेका छौँ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!