सिसाखानीको सत्डाँडामा पुग्यो मोटरबाटो

Posted on: 12 Nov, 2019

हेम विश्वकर्मा | कार्तिक २६, बडिगाड | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ३ सिसाखानी अन्तरगत ताकरछेडा बाट सत्डाँडा जोड्ने मोटरबाटोको उद्घाटन  गरिएको छ । प्रमुख अतिथि  वडा नं ३ का अध्यक्ष खडक पुनले रिवन काटेर बाटोको उद्घाटन गरेका हुन् ।

बाटो उद्घाटन गर्दै प्रमुख अतिथी पुनले अब ग्रमीण क्षेत्रका जनता उत्पादन मूलक कार्यमा लाग्नु पर्ने सयम आएको बताएका छन् । ग्रामीण क्षेत्र लाई यतिखेर सडक सञ्जालले जोडी सकेको अवस्थामा ब्यवसायिक कृषि, पशुपालन, लगाएतका ब्यवसायी तर्फ उन्मुख भए मात्र सडक सञ्जालले जोडिएको सार्थकता लाई प्राप्त गर्न  सकिने पुनले दावी गरे । 


अध्यक्ष पुनले सडकमा सवारीका साधनहरु नियमित रुपमा गुड्ने भए पछि सडकलाई आय मूलक कार्यमा उपयोग गर्न स्थानीय बासिन्दा लाई आग्रह गरे । गाउँको विकासका ढोका अब खुलेकोले जनप्रतिनिधि सँग समन्वय गरेर अगाडी बढ्न स्थनीय वासिन्दालाई उनले आग्रह समेत गरेका छन् ।


कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले यस्ता विकास निर्माणका योजना देखी जनता लाई समुन्नत बनाउने योजना ल्याउनु पर्ने र साबिक सिसाखानी गा.बि.स ७, ८ र ९ का जनतालाइ अत्यावश्यक रहेको खानेपानीको ब्यबस्था गर्न स्थानिय सरकारलाइ आग्रह गरेका थिए ।  


सो कार्यक्रममा ताकर सत्डाँडा मोटरबाटो समिति, मोटरबाटो खन्ने डोजर चालक बिराज चोखाल लाई सम्मान समेत गरिएको थियो । कार्यक्रम मोटरबाटो समितिका अध्यक्ष झग बहादुर थापाको अध्यक्षता, बोम बहादुर थापाको स्वागत मन्तब्य र समीर पुनको सञ्चालनमा सम्पन्न भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!