नेपाली काङ्ग्रेस वागलुङद्वारा तमानखोला क्षेत्रमा राहत वितरण

Posted on: 27 Apr, 2020

बैशाख १५, वाग्लुङ । नेपाली काङ्ग्रेस वागलुङले तमानखोला क्षेत्रमा राहत वितरण गरेको छ । कोरोना महामारीको समयमा अति विपन्न परिवारलाई राहात वितरण गरिएको व्यवसायी ऋषिराम कंडेलले बताए  । 

बाग्लुङ  क्षेत्र न २ प्रदेश क र ख अन्तर्गत २१ वटा स्वास्थ्य  चौकीलाई पिपिइ, मास्क, सेनिटाइजर, ग्लोबस, साबुन, हेड क्याप वितरण गरिएको उनले बताए । त्यस्तै प्रदेश ख अन्तर्गत तमानखोला गाउंपालिकाको ६ वटा वार्डको लामेला, तमान,खुङ्खानी,नर्जा, हिजा, स्याउला, थिर्बाङ, कोरलिबाङ, भिकोस, रिग्लाङ, बोङ्खानी, पैरा, सेन्नामा, भएरर्बोङा ,खोलेस्बाङ, सिल्गुममा ३३० घर धुरी अति बिपन्न परिवारलाई खाद्यान्न २० के.जि चामल, १ पोका तेल, १ पोका नुन र साबुन वितरण गरिएको उनले बताए  ।

साथै ढोरपाटन  नगरपालिकाको ९ वटा  वार्ड  र निशिखोला गाउंपालिकाको ७ वटा वार्डमा आजबाट राहात वितरण गरिन लागिएको कंडेलले जानकारी दिए ।

नेपाली काङ्ग्रेस माहाधिवेसन प्रतिनिधि एवं प्रदेश साम्सदका प्रत्यशी जित बहादुर शेरचन, पुर्व महासमिति सदश्य एवं ढोरपाटन नगरपालिकाका मेयर प्रत्याशी अर्जुन शेरचन, वाग्लुङ क्षेत्र  नम्बर २ ख का सभापति नर्जङ घर्ती, तमानखोला गाउँपालिका पार्टी सम्योजक खगेन्द्रमान पुन, नेपाल तरुन दल जिल्ला सचिव नविन शेरचन, समाजसेवी एवं व्यवसायी ऋषिराम कंडेल, पार्टी का क्षेत्रिय सदश्य धर्म घर्ती लगायत काठमाडौंका व्यावसायिहरुको सहयोगमा राहात बितरण गरिएको जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!