नेकपाका नेता द्वारा बाग्लुङमा निर्वाचन आचारसंहिता उल्लंघन

Posted on: 29 Nov, 2019

मंसिर १३, काठमाडौं | निर्वाचन आयोगले जारी गरेको मौन अवधि वा उप निर्वाचन हुनु भन्दाको पुर्व समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आचारसंहिता उल्लंघन गरेको छ | बाग्लुङ-२ (ख) अन्तर्गत तमानखोला गाउँपालिका- १ बोङ्गादोभानमा  नेकपाका नेताहरुले आचारसंहिता उल्लङ्घन गरेका हुन् |

उपनिर्वाचनको मौन अवधि सुरु भएको समयमा सांसद चन्द्रबहादुर बुढाले शुक्रबार बोङ्गादोभान गएर आयोजना ल्याइदिने र आर्थिक सहयोग गर्ने बताएका छन् | उनले मतदातालाई प्रलोभन देखाइरहेको अवस्थामा स्थानीयले गाडी नियन्त्रमा लिएका छन् |

निर्वाचन आचारसंहिता उल्लंघन गरे पछि मतदातालाई सांसद बुढाको गाडी नियन्त्रणमा लिएको बताएका छन् | उनीहरुले प्रहरीको रोहबरमा गाडी फिर्ता गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!