अर्घाखाँचीमा जिप दुर्घटना हुँदा तीन जना घाइते

Posted on: 21 Mar, 2021

चैत ८, अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्लाको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जिप दुर्घटना भएको हो । 

सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको बोलेरो जीप चुत्राबेसीको जनज्योति मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!