जबर्जस्ती करणी अभियोगमा एक पक्राउ

Posted on: 11 May, 2019

अर्घाखाँची, २८ वैशाख ।  जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । 

कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले होटलको व्यवस्था मिलाइ दिने तथा होटलको भाडासमेत तिरिदिने भनी आश्वासन देखाई होटलमा लगी करणी गरेको प्रहरीले जनाएको छ । 

खड्काले युवतीलाई मदिरा सेवन गर्न लगाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!