गाडि दुर्घटना: प्युठानका दुई र अर्घाखाचीका एकको मृत्यु, १७ घाइते

Posted on: 08 Apr, 2019

जितेन्द्र खत्रि | चैत २५, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ८ लात्तेबाजमा लु १ ज १२३९ नम्बर जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा प्युठान जिल्ला ऐरावति गाउँपालिका २ का ५२ बर्षिय धन बहादुर राना, प्युठान जिल्ला ऐरावति कै बर्ष १४ कि मनिका आचार्य र अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १३ का ४ बर्षिय प्रिन्स श्रेष्ठ रहेका छन् । 

घाईते हुनेहरुमा भुनपा ६ कि ५० वर्षिय भारति थापा, २० बर्षिय शिव वहादुर रायमाझी, सनपा १२ कि ३० बर्षिय बिष्णु माया श्रेष्ठ, भुनपा ७ कि ५३ बर्षिय ज्ञानु थापा, रोल्पा जिल्लाका २६ बर्षिय रेग बहादुर थापा, रोल्पाकै २४ बर्षिय निर्मला घम सनपा ९ कि ५२ बर्षिय मुमादेवि आचार्य, मालारानि गाउपालिका ५ कि १२ बर्षिय सन्ध्या भुसाल, प्युठान जिल्ला ऐरावति गाउँपालिकाकि २३ बर्षिय शोनु शाहि, प्युठान जिल्ला ऐरावति गाउपालिका ५ बर्षिय डेविट बिक्रम शाहि, सनपा १घ का १७ बर्षिय राजेश नेपाली, भुनपा ५ कि २० बर्षिय मिना बन्जाडे, भुनपा ८ का ४० बर्षिय हिरा बहादुर बि क, भुनपा ६ कि २४ बर्षिय सङ्गिता घर्ती, भुनपा ५ का २३ बर्षिय जीवन राना र भुनपा ६ का २० बर्षिय गाडि चालक श्याम बहादुर घर्ती रहेका छन । 

घाईतेहरुलाई थप उपचारका लागि बुटवल पठाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!