अर्घाखाँचीमा विप्लवका २ जिल्ला सदस्यद्वारा राजीनामा

Posted on: 19 Apr, 2019

बैशाख ६, अर्घाखाँची – विप्लप अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् । 

विप्लवका जिल्ला सदस्यहरु अर्घाखाँचीको शितगंगा नगरपालिका – १२ रजिया निवासी हामबहादुर रायमाझी र शितगंगा नगरपालिका– ११ ढुंगेसार निवासी देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएको बताएका छन् ।

उनीहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!