कला र गलाको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्छ: अध्यक्ष पंगेनी

Posted on: 24 Jan, 2017

सास/माघ ११, अर्घाखाँची । सरकारको बेवस्ता र राजनीतिक अस्थिरताका कारण नेपालको लोक संस्कृति धरापमा परेको एक कार्यक्रमका बक्ताले बताएका छन् । 

रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले पछिल्लो समयमा लोक संगितमा विकृती देखा पर्न थालेको बताए ।

 उनले संस्कृतिलाई जर्गेना गर्न दौरा सुरुवाल, गुन्योचोलो, साडी लगाएर मेला महोत्सवमा कलाकारले गित गाउनुपर्ने नियम ल्याउन थालेको बताए । नेपालीको पहिचान झल्किने खालको संस्कृतिलाई बचाउनुपर्ने उनको तर्क छ । 

सोहि क्रममा पंगनी ले ५ नम्बेर परदेशका जनताको भाबना बिपरित सरकारले लेयाको प्रस्ताब कुनैपनि हालतमा स्विकाया नहुने धारणा बेक्ता गरे ।

वरिष्ठ गायिका कोमल ओलीले संस्कृतिको जगेर्ना गर्न सबै नेपालीले पहल गर्नुपर्ने बताइन् । छन्द, स्रोता र दर्शकलाइ मनोरंजन दिनकै लागी मात्र नभई नेपालको पहिचान र सस्कृतिको जगेर्ना गर्ने खालका गीत प्रति सबै कलाकारको जोड हुनुपर्ने उनको भनाई छ ।

।संचारकर्मी समेत रहेकी ओली ले आफु बिशोका ८० भन्दा बढी मुलुकको कला र सस्कृतिको नजिक बाट बुझिको बताउदै नेपालको सस्कृति पनि पश्चिमी मुलुकको सस्कार तिर गइ रहेको देख्दा चिन्ता बेक्त गरिन । कला र सस्कृति देशको पहिचान भयको हुदा एसको जगरना गर्नु सबैको दाइत्यो रहेको बताइन । कार्यक्रम रिपोर्टस क्लबका अद्क्ष्य रामकुमार क्षत्रीको अध्यक्षता र विरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भयको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!