कर्णाली प्रदेश सरकारले असार १५ को बिदा दियो तर बजेट दिएन, धान दिवस खल्लो

Posted on: 30 Jun, 2020

दान बहादुर बुढा | असार १६, मुगु | सोमबार असार १५ तथा राष्ट्रिय धान दिवस अर्थात रोपाई महोत्सवका रुपमा देशभर रहेका कृषकहरुले भब्यताका साथ दिवस मनाएका छन् ।  

धान दिवसमा  कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक अन्य जिल्लामा सार्वजनिक बिदा दिए पनि धान दिवस मनाउनको लागी बजेट नपठाउदा यसपालिको धानदिवस खल्लो भएको छ । विश्व महमारीको रुपमा फैलिरहेको नावेल कोरेना भाईरस कोभिड १९ ले गर्दा विश्व नै आक्रान्त भईरहेको अवस्थामा  कर्णाली प्रदेश सरकार पनि अछुतो नरहेको भन्दै यसपालि धान दिवस खल्लो भएको यहा जानकारहरुले बताएका छन् । विगतका दिनहरुमा तामझामका बिच धानदिवस मनाईन्थ्यो तर यसपालि जिल्लामा रहेका कृषि विकास कार्यालयमा प्रदेश सरकारले धान दिवस मनाउनको लागि कुनै पनि किसिमको बजेट विनियोजन नहुदा यो पटक धान दिवस मनाउन सेलाएको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ । 

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, हुम्ला, डोल्पा र मुगुमा धान खेतीको उपयुक्त जिल्ला मानिन्छन् । यि जिल्लामा कालीमार्सी धानको व्यापक खेती हुने गर्दछ । मुगु जिल्लामा ३ लाख १० हजार ३ सय १० हेक्टर खेतियोग्य जमिन रहेको छ । जसमा कृषी योग्य जमिनको क्षेत्रफल १८  हजार ४ सय २१ खेत १ हजार ८ सय ९४ पाखो बारी १६ हजार ५ सय २७ र अन्य २ लाख ९१ हजार ८ सय ८९ हेक्टर जमिन रहेको जिल्ला कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख पञ्चलाल बुढाले बताए । यो सँगै मुगु जिल्लामा ९५ प्रतिशत रोपाई सम्पन्न भएको पनि उनले जानकारी दिए ।  

उनका अनुसार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट यो पटक धान दिवसको बजेट नआउदा धान दिवस मनाउन नसकिएको कार्यालय प्रमुख बुढाले दुखेसो पोखे । यस्तै छायानाथ रारा नगरपालिका वडा नं ५ का कृषक सवित्रा बुढाका अनुसार विगतका दिनहरमा सबै साथीहरु मिलेर असारे गित गाउदै, एक आपसमा दुःख सुखका दिनहरु गीतबाटै साट्ने गरेको उनले बताईन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!