क्वारिन्टनमा लैजाँदै गरेका युवाद्वारा आत्माहत्याको प्रयास

Posted on: 15 Jun, 2020

पर्वत । भारतबाट उद्दार गरि क्वारेनटाइनका लागि लैजाने क्रममा एक युवाले आत्माहत्याको प्रयास गरेका छन् । 

बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सनौलीबाट उद्दार गरि क्वारेनटाइनमा लैजाउने क्रममा कुश्मा नगरपालिका ८ चुवाको भीरबाट हाम फालेर आत्माहत्याको प्रयास गरेका हुन् ।


जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार सुनौलीबाट उद्दार गरि बागलुङतर्फ जाने क्रममा बस रोकेको मौका पारि भीरबाट उनले हाम फालेका हुन् ।


 घाइते नेपालीको पर्वत अस्पतालमा उपचार भैरहेको छ । स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।

लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका नागरिकलाई सुनौलीबाट उद्दार गरि ल्याइएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!