पर्वतको सबैभन्दा पूरानो निजि बिद्यालयमा खेलकुद सप्ताह सूरू

Posted on: 04 Feb, 2020



  पर्वतको जेठो निजि राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आवासिय मा.बि.,कुश्मा पर्वत ले बिद्यार्थिलाई शारीरिक रूपमा चूस्त दुरूस्त राख्न र बिद्यार्थिका अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उदेस्यले बिगत बर्ष हरूमा जस्तै यो बर्ष पनी एक कार्यक्रमका बिच खेलकुद सप्ताहको उद्धाटन गरिएको छ। 

   कार्यक्रममा बिद्यालय सन्चालक समितिका अद्यक्ष रूद्र प्रसाद शर्माले खेलकुद सप्ताहका मूल संयोजक तथा अनुसासन ईन्चार्ज बिकास के.सी. लाई खेलकुद सामाग्री हस्तान्त्रण गरी खेलकुद सप्ताहको सुरूवात भएको जानकारी गराउनुभयो। बिभिन्न ८ बिधामा माद्यमिक  तह र बिभिन्न ७ बिधामा प्राथमिक तहका बिद्यार्थिहरूलाई सहभागी गराईने बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले बताउनुभयो।

सदरमुकाम कुश्मामा अवस्थित बिद्यालयले हरेक साल पठनपाठन अलावा तेक्वान्दो , बक्तिवत्वकला हांजिरीजबाफ नृत्य शैक्षिक भ्रमण चित्रकला हस्तकला लगायतका बिभिन्न अतिरिक्त  कृयाकलाप गर्दै आईरहेको छ ।

बिद्यालयका प्रिन्लिपल थानेश्वर ढकालको अद्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्राथमिक तह  तह शिक्षक ईन्चार्ज कल्पना क्षत्री अनुसासन ईन्चार्ज बिकास केसी. सेयर सदस्य चक्रपाणि शर्मा लेखा प्रमुख अच्युत तिवारी लगायतले शुभकामना राखेको कार्यक्रमको सन्चालन  निम्न माद्यमिक तह शिक्षक ईन्चार्ज प्रकास आचार्यले गर्नुभएको जानाकारी स्काउट शिक्षक मिना खड्काले गराउनुभयो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!