जुनारमा किराको प्रकोप

Posted on: 01 Jul, 2016

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

वितग दुई वर्षदेखि जुनारमा रोग देखिएपछि कार्यालयले किसानलाई यस्तो आग्रह गरेको हो । बेलैमा रोकथामको उपाय गरे फलमा सङ्क्रमण नहुने भएकाले बगैँचाको रेखदेख र व्यवस्थापन गर्न किसानलाई आवश्यक परामर्श र बगँैचा व्यवस्थापनमा चाहिने आवश्यक सामाग्री निःशुल्क वितरण गरेको कार्यालयले जनाएको छ ।

‘मिनाकश’ नामको किराले माटोमुनी फूल पार्ने र त्यसबाट लार्भा उत्पादन भई फल कुहाउने गरेको छ । लार्भा विकसित भई वयस्क अवस्थामा आएपछि यसले जुनार फलमा किरा पार्छ । कार्यालयले मिनाकश जातको किरा मार्ने अभियान जारी राखेको छ । जिल्ला कृषि विकास कार्यालयले जारी राखेको किरा मार्ने अभियानले किसानहरुलाई केही राहत मिलेको भएपनि अभियान नियमित नगरे किसानहरुले जुनारखेतीबाट नै विस्तथापित हुने अवस्था नआउला भन्न सकिन्न ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!