नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on: 01 Jul, 2016

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्। 

समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी कारखानाले किसानलाई भुक्तानी दिएको छैन। 

तालावन्दी गरिएपछि चिनी उत्पादनदेखि बिक्री वितरणसम्मको सबै काम ठप्प भएको छ। किसानको बक्यौता रकम दिलाउन जिल्ला प्रशासन कार्यालय र उखु उत्पादक कृषक समितिले चासो नदेखाएको पीडितको आरोप छ। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!