एउटै गाउँबाट चार कारोडको सुन्तला विक्रि

Posted on: 26 Dec, 2019

पर्वत । पर्वतमा एउटै गाउँबाट डेढ करोडको सुन्तला विक्रि भएको छ  । गत वर्षको तुलनामा यस वर्ष असिना कम परेकाले सुन्तालना उत्पादन दोब्बरले बृद्धि भएको हो ।मोदी गाउँपालिका २ देउपुरमा सुन्तला उत्पादन यस वर्ष दोब्बरले बृद्धि भएको हो । 

गत बर्ष उत्पादन कम भएपनि यस बर्ष राम्रो दाना र असिना नपरेकोले उत्पादन बढेकोे कृषक बाबुराम तिमिल्सिनाले बताउनुभयो । 

देउपुरका कृषकले गत वर्ष ३ करोड मुल्यका सुन्तला बिक्री गरेका थिए । यस बर्ष पनि उत्पादन बढेका कारण ४ करोड भन्दा बढी भित्रने विश्वास छ ।

परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरुले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका एक सय ६० भन्दा बढि कृषक अन्य खेती छाडेर व्यावसायीक सुन्तला खेतीमा लागेका हुन् । साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिक रुपमा शुरु गरेको माछापुच्छ«े सुन्तला समुहका अध्यक्ष दाताराम चापागाईले बताउनुभयो ।

शुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रुपमा प्रत्येक परिवारको दुई देखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाईँको भनाई छ । ‘मकै कोदो लगाउँदा २० हजार कमाई नहुने ठाउँमा सुन्तला लगाउँदा पाँच लाख कमाई हुन्छ,’ उहाँले भन्नुभयो । मोदी गाउँपालिकामा मात्रै सुन्तलाका ३ पकेट र १ ब्लक क्षेत्र विस्तार गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!