गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास

Posted on: 30 Jun, 2019

असार १५, ललितपुर । गोदावरी क्षेत्रका महिला एवं बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान फाल्गुन २७ गते बाट सुरु भई १७ आंै हप्तासम्म आई पुग्दा आज खोला सरसफाई गर्नुका साथै धान दिवसको अवसरमा धान रोपेर असार १५ मनाइएको छ । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मा.नवराज सिलवाल को उपस्थितीमा विभिन्न क्षेत्रका समाजसेबी तथा अभियन्ता धिरेन्द्र साही, चित्र सुनुवार, शेखर क्षेत्री, रन्जिता श्रेष्ठ खत्री, मन्जु भट्टराई, तारा खडका तथा त्यस क्षेत्रका बालबालिका को उल्लेख्य उपस्थिती रहेको थियो । 


कार्यक्रमा प्रतिनिधिसभा सदस्य मा.नवराज सिलवालले सरसफाई अभियानमा आफु र आफ्नो क्षेत्रबाट गर्नुपर्ने हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो सरसफाई अभियानलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।

गोदावरी खोला लाई १ वर्ष भित्र स्वच्छ खोला बनाउने लक्ष रहेको अभियन्ता चित्र सुनुवारले जानकारी दिनुभयो । हाम्रो लक्ष भनेको गोदावरी खोलालाई प्रदुषण मुक्क्त, सुरक्षीत र सफा राख्नु हो, जसले गर्दा वातावरण सन्तुलित हुनुका साथै जनजीवन पनि स्वस्थ रहन्छ–अर्की अभियन्ता रन्जिता श्रेष्ठ खत्रीले बताउनुभयो । यस सरसफाई अभियानमा फोहोर व्यवस्थापनको काम नेप्को नेपालले गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!