पर्वतमा पहिलो पटक जमराको जुस उत्पादन, यस्ता छन् जमराको जुस पिउँनुका फाइदाहरु

Posted on: 07 Oct, 2018

शिला पाण्डे (कुश्मा) पर्वत । पर्वतको कुश्मामा तिला गिरी (कृष्णा) ले अर्गानिक जमराको जुस उत्पादन शुरु गरेका हुन् । खरेहामा गौ, जौको अर्गानिक जुस उत्पादन गर्न लागेको गिरीले  जानकारी दिए । यहि विजया दशमीको अबसरपारी उक्त जुस उत्पादनको उद्घाटन गर्न लागिएको छ ।

स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सजमरा जुस उत्पादन शुरु गरेको गिरीले  बताए ।

यो जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुने गरेको गिरीले बताए ।

बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने विश्वास छ ।

साथै स्थानीय स्तरमा पाइने फलफूलहरुको जस पनि उत्पादन गरिने भएको छ । यो जिल्लामै पहिलो पटक संचालन हुन लागेको जमराको जुस हो ।

जमराको जुस पिउँनुका फाइदाहरु

अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधीय गुणबाट पनि थाहा पाउन सकिन्छ । जमरा एक आयुर्वेदिक औषधि हो, जुन हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ ।

के पाइन्छ गहुँको जमरामा ?

गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।

के लाभ मिल्छ ?

गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।

कसरी बनाउने गहुँको जमराको जुस ?

गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । यसरी बनाउनुस् जमराको जुसः

– आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।

– एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्ने । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।

– यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।

– बनिसकेको जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

कति पिउने ?

– यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस् ।

– सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।

– एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।

कसरी उमार्ने गहुँको जमरा ?

– अर्ग्यानिक बिऊको प्रयोग गर्नुपर्छ ।

– सबैभन्दा पहिला गहुँको बिऊलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।

– अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

– अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।

– एक हप्तासम्म एक–एक वटा गमलामा यसरी नै बिज रोप्नुहोस् ।

– सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ ।

– खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिऊ रोप्नुहोस् ।

– गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

– गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!